News: तेस्रो डायमण्ड रनिङ शिल शुरु

Published on 25 March, 2021

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा तेस्रो डायमण्ड रनिङ शिल खेलकुद प्रतियोगिता शुरु भएको छ । कोरोना महामारी कम भएर विद्यालय सञ्चालन भएपछि विद्यार्थीहरुलाई पढाइको साथसाथै खेलकुदका माध्यमले पनि अगाडि वढाउने उदेस्यले खेलकुद प्रतियोगिता संचालन गरिएको विद्यालयका निर्देशक माधव शरण उपाध्यायले बताएका छन् । पोखरा महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष चेत बहादुर गुरुङ्गले विद्यालयका खेलकुद शिक्षक विनोद थापा लाई बल हस्तान्तरण गरेर खेलको शुभारम्भ गरिएको थियो । कार्यक्रममा बोल्दै, विद्यालयका संस्थापक प्रिन्सिपल यम बहादुर रोका, व्यवस्थापक प्रमुख हरि प्रसाद लामिछाने, शैक्षिक विभाग प्रमुख संजिब थापा लगायतले खेलाडी विद्यार्थीहरुलाई खेलमा उत्कृष्टता देखाउन शुभकामना दिएका थिए । विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमको उद्घाटनको दिन फुटबल, क्रिकेट खेल खेलाइएको थियो । खेलकुद अन्तर्गत फुटबल, क्रिकेट, भलिवल, टेबल टेनिस लगायतका खेल सिनियर समूहमा खेलाईने वताइएको छ । भने जुनियर समूहमा अर्काे चरणमा खेलकुद प्रतियोगिता गर्ने विद्यालयमा अत्तिरिक्त क्रियाकलाव प्रमुख विकाश लामिछानेले जानकारी दिएका छन् । खेलकुद प्रतियोगिता यहि फागुन २८ गते सम्म संचालन हुने छ ।