Published on 25 March, 2021
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा तेस्रो डायमण्ड रनिङ सिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अनुशासन, समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ संचालन भएको खेलकुद प्रतियोगिता अन्रतगत फुटबल, भलिबल, क्रिकेट तथा टेवल टेनिसका फाइनल खेल सम्पन्न भएको विद्यालय संयोजक दिनेश शर्माले जानकारी दिएका छन् । भलिबल तर्फ भएको छात्र भलिबलमा विद्यालय समूहलाई २—० को सेटमा हराउदै कक्षा ११ व्यवस्थापन समूह विजय भएको छ भने छात्रा तर्फ भएको फाईनल खेलमा विद्यालय समूहलाई २—०को सेटमा हराउदै कक्षा ११ समूह विजय भएको छ । भलिबल छात्र तर्फ वेष्ट स्पाईकर सुजन थापा हुन सफल भएका छन् भने छात्रा तर्फको वेष्ट स्पाईकर अनुषा गौतम ले हात पार्न सफल भएकी छन् । उत्कृष्ट खेलाडीको उपाधि भलिबलमा छात्र डलशिंह थापा र छात्रा खुसी गिरी ले हात पार्न सफल भएका छन् । टेबल टेनिस तर्फ भएको फाईनलका खेलहरु छात्रा कृपा थापा लाई हराउदै अनुषा गौतम प्रथम भएकी छन् भने अनुप गुरुङ्गलाई हराउदै सञ्चन क्षेष्ठले छात्र तर्फको टेबल टेनिसमा प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका खेल शिक्षक बिनोद थापाले जानकारी गराएका छन् । क्रिकेट तर्फ भएको खेलमा स्कुल समुह र कक्षा ११ व्यवस्थापन समुह बिच भएको खेलमा पहिला टस जितेर व्याटिङ्ग रोजेको स्कुल समुहले निर्धारित १० ओभरमा ७९ रन बनाएको थियो । जबाफी व्याटिङ्गमा उत्रिएको कक्षा ११ व्यवस्थापन समुह ४९ रनमा समेटिदा स्कुल समूह २९ रनले विजयी हुने सफल भएको छ । फाईनल खेलमा पनि कक्षा ६ मा अध्ययन गर्ने अशोकराज तिमिल्सेनाले उत्कृष्ट बलिङ्ग गर्दै ५ विकेट लिएका थिए भने क्रिकेट तर्फको उत्कृष्ट खेलाडीको ट्रफि समेत हात पारेका छन्। त्यस्तै सर्वाधिक रन कर्ताको ट्रफि स्कुल समूहका नितेश गुप्ताले हात पारेका छन् भने र कक्षा ११ व्यवस्थापन समुहका सञ्चन क्षेष्ठ सर्वाधिक विकेट लिन सफल खेलाडि बन्न सफल भएको विद्यालयका अतिरिक्त कृयाकलाप प्रमुख बिकाश लामिछानेले जानकारी दिएका छन् । डायमण्ड रनिङ सिल्डको केन्द्र विन्दु रहेको फुटबल प्रतियोगिताको छात्र तर्फ भएको खेलमा लगातार तिन पटक सम्म विजेता बन्दै डायमण्ड भूपू विद्यार्थी समूहले डायमण्ड रनिङ सिल्ड आफ्नो पोल्टामा पार्न सफल भएको छ । अति नै प्रतिस्पर्धाका विच भएको खेल ट्रराइबेक्ररमा कक्षा १२ व्यवस्थापन समूहलाई ४—३ ले पाखा लगाउदै डायमण्ड भूपू विद्यार्थी समूहले डायमण्ड रनिङ सिल्ड जितन सफल भएको हो । छात्रा तर्फ भएको फुटबलमा स्कुल समुहलाई २—०ले पाखा लगाउदै विज्ञान समूह प्रथम हुन सफल भएको छ । फुटबल तर्फ उत्कृष्ट खेलाडीको उपाधि प्रमिक रानाभाट ले हात पारेका छन् भने सर्वाधिक गोलकर्ताको उपाधि दर्शन गुरुङ्गले हात पार्न सफल भएका छन् । खेलकुद अन्तर्गत फुटबल, क्रिकेट, भलिवल, टेबल टेनिस लगायतका खेल सिनियर समूहमा खेलाईएको थियो । भने जुनियर समूहमा अर्काे चरणमा खेलकुद प्रतियोगिता गर्ने विद्यालयमा सूचना प्रविधि तथा संचार संयोजक सुमन जि.सी.ले जानकारी दिएका छन् । तेस्रो डायमण्ड रनिङ सिल्ड खेलकुद प्रतियोगिता यहि फागुन २३ गते देखि २८ गते सम्म संचालन भएको थियो ।